खैरो केश

तिम्रो खैरो केशको छायामा म हराइ राखुला
मुटु भित्र थोरै ठाउँ देउ मलाई प्रिय   ×2
म त्यही हराइ राखुला
तिम्रो खैरो केशको छायामा म हराइ राखुला

बाटो छ धेरै लामो   ×2
सोचेको भन्दा नि छ है गाह्रो,
त्यही पनि जिन्दगी भरी डोराइ राख्नु मलाई प्रिय
म हात समाइ राखुला
तिम्रो खैरो केशको छायामा म हराइ राखुला

दुःख त आई नै हाल्छन्
ती खुला आकाशका बादल छाइ नै रहन्छन्   ×2
त्यही पनि हाँसी राख प्रिय
म हँसाइ राखुला
तिम्रो खैरो केशको छायामा म हराइ राखुला

क्षणिको दूरी पनि धेरै लाग्छ
रिसाएको मुहार देख्दा पनि मुटुमा उमङ्ग जाग्छ
त्यसैले रिसाई राख्नु प्रिय
म फर्काई राखुला
तिम्रो खैरो केशको छायामा म हराइ राखुला


Comments

Popular posts from this blog

Tomorrow's Man

How Did This Even Happen?! part-1

How Did This Even Happen?! last part