खैरो केश
तिम्रो खैरो केशको छायामा म हराइ राखुला मुटु भित्र थोरै ठाउँ देउ मलाई प्रिय ×2 म त्यही हराइ राखुला तिम्रो खैरो केशको छायामा म हराइ राखुला बाटो छ धेरै लामो ×2 सोचेको भन्दा नि छ है गाह्रो, त्यही पनि जिन्दगी भरी डोराइ राख्नु मलाई प्रिय म हात समाइ राखुला तिम्रो खैरो केशको छायामा म हराइ राखुला दुःख त आई नै हाल्छन् ती खुला आकाशका बादल छाइ नै रहन्छन् ×2 त्यही पनि हाँसी राख प्रिय म हँसाइ राखुला तिम्रो खैरो केशको छायामा म हराइ राखुला क्षणिको दूरी पनि धेरै लाग्छ रिसाएको मुहार देख्दा पनि मुटुमा उमङ्ग जाग्छ त्यसैले रिसाई राख्नु प्रिय म फर्काई राखुला तिम्रो खैरो केशको छायामा म हराइ राखुला